Khairenitar
New upload video
गजब छ बा
Gajab cha baa
एकछिन हासौ न त
एउटा कक्षमा अङ्रेजी बिषय पढाई रहेको थियो । त्यतिकैमा गुरुले रामलाई सोधेछ - ल राम भन त - म जङ्गल गएको थिए । जङ्गल मा बाघ रहेछ । बाघ ले मलाई हेर्‍यो र म त्यहाँ बाट टाप भागे । ल यसलाई अङ्ग्रेजी मा भन त । राम - I am going to the jangal.Jangal is the tiger . Tiger is पल्याक पुलुक I am super taap. हा हा हा हा हा - ईश्वर

केही नेपाली Mp3 गीतहरु
मेरो अन्य ब्लगको लागी तल क्लिक गर्नु होला
Photo Sharing and Video Hosting at Photobucket
केही नेपाली साईटहरु
Pokharacity.com
E-Kantipur
prabashi
nepali tube
Photo Sharing and Video Hosting at Photobucket
कस्तो छ... ? ?
बिजया दशमी २०६५
Monday, October 6, 2008
Happy Vijaya Dashami 2065
Mero Gandaki Khaireni Tar


बिजया दशमी २०६५ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनी तथा सम्पूर्ण साथीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु .
posted by नरेश श्रेष्ठ @ 10:07 AM   1 comments
हासो पनि र दु:ख पनि
Saturday, August 16, 2008
आज यतिका बर्ष सम्म पनि त्यो दिन भुल्न सकेको छैन । बेला बेला मा त्यो दिन सम्झन्छु र हास्न मन लाग्छ र दुख पनि लाग्छ । एक दिनको कुरा हो आफ्नो गाउमा उच्च शिक्षा को सुबिधा नभएको कारणले नजिकैको शहर पोखरा जाने गर्दथे । नजिकै भएको कारणले जाने आउने गर्दथे । यस्तै बसमा जाने आउने क्रममा एउटा सुन्दर युवती मेरो नजरमा पर्‍यो । उनि निकै सुन्दर थिइन । उनको सुमधुर बोली, हिस्सी परेको अनुहार, लजालु अधर्, झर्ना झै केशराशी अनि मिजासिलो स्वभाब । म त्यसै उनि प्रती आकर्षित भए । त्यसपछी का दिनहरुमा केबल उनैको याद आईरहन्थ्यो । आँखा वरिपरी उनकै तश्बिर छाया बनी घुमी रहन्थ्यो । भोक प्यास भुलेर उनकै यादमा डुब्न पुग्थे । मैले उसलाई धेरै माया गर्न पुगेछु र अन्तर आत्मा मा सजाइ सकेछु । उसलाई नभेटेको दिन निकै नरमाइलो लाग्थ्यो । तर यो सब मेरो एकोहोरो प्रेम थियो । उनको सामु केही बोल्न सक्दिन थे त्यसैले प्रेम को प्रस्ताव त निकै टाढा को कुरा थियो । एक दिन निकै साहस् गरी उसलाई मैले प्रेम को प्रस्ताव राखे । उनले पनि मलाई उनको मन मन्दिर मा सजाई सकेकी रहिछिन । मेरो यही प्रस्ताव को प्रतिक्षा मा बसी रहेकी रहिछिन । उनलाई पनि मलाई नदेख्दा र मेरो अनुपस्थिती मा निकै छटपटाउदी रहिछिन । त्यसैले उनले मेरो प्रेम सहजै स्विकार गरिन । यसरी नै हाम्रो माया को थुङाहरु प्रगाढ बन्दै गयो । अब म उनि बिना र उनि म बिना बाच्न नसक्ने भई सकेका थियौ । तर अफसोच उनलाई मन पराउने अर्को एकजना केटा पनि रहेछ । हामी अलि चन्चले स्वभाव भएको ले हिड्दा पनि र बस् मा पनि निकै जिस्किदै हिड्थ्यौ । कहिले फेवताल्, कहिले बेग्नास्ताल र कहिले सारङ्कोट घुम्न जान्थ्यौ । यस्तै घुम्ने क्रममा हामीलाई त्यो केटाले देखेछ । शायद हाम्रो दृश्य उसलाई अशहय भएछ क्यारे । त्यसैले त्यही बेलुका मलाई त्यो केटाले फोन गर्‍यो । फोन को घन्टी बज्न साथ मैले फोन उठाउँदै हेल्लो को बोल्नु भएको भनेर भने । तर उता बाट केही उत्तर आएन । पुन्ह त्यही प्रश्न गर्दै कसलाई खोज्नु भएको के काम छ मात्र के भनेको थिए उता बाट धम्की को बार्ण आयो । त त्यो केटी सँग किन हिडछस ? तैले उसलाई छोड्दे । उनि मेरी हो । अब आइन्दा फेरी पनि मैले उनि सँग हिंडेको देखे भने तेरो हात खुट्टा भाचिदिन्छु यस्तै अनेक धम्की हरु दिएको थियो । त्यती भनि सकेपछी उसले फोन राखी दियो । मलाईइ कता कता डर लाग्यो । कता बाटो मा हिड्दै पछाडिबाट आएर केही पो गर्ने होकी । यस्तै सोच्दै निकै डरै रहेको थिए । फेरी को हो कस्तो छ भनेर चिनेको पनि थिइन । तर मलाई पन केही आट थियो र यदि केही परिहाले पनि म पनि छोड्दिन भन्ने।त्यसको केही दिन पछी हामी फेवाताल घुम्न गएका थियौ । त्यहाँको मनोरम दृश्य मा हामी हराई रहेका थियौ । सन्जोग पनि कस्तो त्यो केटा पनि त्यही घुम्न आएको रहेछ । तर त्यो केटालाई मैले चिन्दिनथे । तर उसले मलाई चिन्थ्यो । अचानक पछाडि बाट आएर कसैले मेरो हात च्यप्प समात्यो । यसो पछाडि फर्केर हेरेको एउटा भुस् तिघ्रे केटा रहेछ । अस्ती मैले भनेको कुरा किन मानिनस ? तेरो दात झारिदिन्छु अब भन्दै म माथि हात उठाएको थियो । मैले पनि जोडले उसको हात बाट मैले मेरो हात फुस्काए । जिउधन को सुरक्षा त गर्नै पर्‍यो । त्यसैले म पनि के कम कसेर त्यो केटाको नाकमा प्याच्य के हानेको थिए एक्कासी ठुलो आवजमा ऐया …मरे । म झसँग भए । त्यो आवाज त्यो केटा नभएर म सँग सुत्ने साथी को थियो । बिउझेर हेरे अचम्म लाग्यो । यो सब सपना पो रहेछ । हतार हतार बत्ती बाले बिचरा को नाकबाट खलखली रगत बगी रहेको थियो । बिहान को पाच बजी सकेको रहेछ । उसलाई तुरुन्तै नजिकैको मेडिकल मा लगेर उपचार गराए । यो घटना सम्झिदा हास्न मन पनि लाग्छ र साथी को त्यो हालत सम्झिदा दुख पनि लाग्छ ।
posted by नरेश श्रेष्ठ @ 11:23 AM   1 comments
गरीब को आसु ले
Saturday, July 5, 2008

जिन्दगिको यो मोड्मा आउँदा सम्म न त मैले माया गर्न जानेको थिए, न त जिउन जानेको थिए, न त कसैलाई साहारा दिन जानेको थिए र माया प्रेम भन्ने कस्तो बस्तु हो र यसको परिभाषा के हो भनेर बुझेको थिएन । तर आज आएर माया प्रेम भन्ने के हो भनेर जाने, जिउन जाने , कसैलाई साहारा दिन पनि जाने र यसको परिभाषा पनि बुझे । तर धोका भन्ने के हो भनेर बुझेको थिएन र जानेको पनि थिएन । यो शब्द निकै सुनेको थिए र कस्तो होला भनेर निकै सोचाई मा डुबिरहन्थे । तर आज आएर यो शब्द को अर्थ पनि थाहा भयो र भोगी रहेको छु । यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ । अन्जान मा नै हुदो रहेछ । सच्चा प्रेम नै जीवन को गोरेटो हुदो रहेछ । हिंड्नु पर्ने गोरेटोहरु बुझेर हिंड्नु पर्दो रहेछ । नजानी र नबुझी हिंडेमा यसको परिणम के हुन्छ भनेर आज भोग्दै छु । यो संसार यो समय पनि कति स्वर्थी रहेछ । दुई आत्मालाई थाहा नै नदिइ परिचित गराई दिने, एक अर्का प्रती माया का भावहरु बढाई दिने, जीवन को हर मोड्मा साथ दिने कसम खान लगाउने र अन्त मा गएर दोबाटोमा लगेर छोडिदिने । समय ले नै भनु आज यो - समय शिकारी बनेर मेरो मुटुलाई घाइते बनाई रगताम्य बनाएको छ । आकाश र पातलको धेरै अन्तर हुदो रहेछ । चाहेर पनि मिलन को कुरा असम्भव रहेछ । खोला को दुई किनारको मिलन पनि कहिले हुन नसक्दो रहेछ । यि सब आज आएर थाहा पाएको छु । मिलन हुनु र बिछोडिनु रहेछ जिन्दगी , पाउनु र हराउनु नै रहेछ जिन्दगी, अनि छुटेर गए पछी सम्झना मा तड्पी तड्पी मन को बेदना कम गर्नु नै रहेछ जिन्दगी, सम्झना को गहिराई मा डुबेर संसार नै भुल्नु रहेछ जिन्दगी । यस्तै कथा- ब्यथा भित्र आसु र हासो, रोदन र बेदना भित्र रुमल्लिएर बाच्नु नै रहेछ जिन्दगी । चाहनु नै मेरो ठुलो भुल रहेछ । परिचय हुनु त मेरो दुर्भाग्य रहेछ अनि पाउनु ठुलो अफसोच । के कसैलाई चाहनु, मन पराउनु र माया गर्नु भुल हो र ? फुलबारी मा फुलेको फुलको बास्ना खोज्दै जानु के कुनै अपराध हो र ? भएर नै होला आज मेरो यो दुर्गती भएको छ । मेरो हर ईच्छा, चाहना र सपनाहरु बादल र च्याटयङ कराए झै चकनाचुर भएको छ । भाताभुङ्ग भएको छ मेरो जीवन । मेरो सच्चा माया प्रेम कुनै एउटा खेल भएको छ । कसै को आत्मलाई चोट दिएर आफु आत्मा खुशी भएर बाच्नु राम्रो होइन । त्यसको अस्तीत्तव आँफै हरएर जानेछ । एक दिन राम्रो होला , दुई दिन राम्रो होला तर पछी...........। सम्झिनु पर्नेछ एउटा गरीब को पनि आत्मा हुन्छ भनेर र सोची दिनु पर्नेछ त्यो एउटा गरीब को हृदय पनि दुख्छ भनेर । गरीबलाई मोजमस्ती मा सदुपयोग गर्न नखोज कसैले भबिश्य मा ठुलो धोका हुन सक्ने छ । गरीब को आत्मा ले सराप्ने छ एक दिन, उसको माया ले पिरोल्ने छ एक दिन । गरीब को आसु ले पोल्ने छ एक दिन ..............गरीब को आसु ले पोल्ने छ एक दिन ।
posted by नरेश श्रेष्ठ @ 12:49 PM   0 comments
प्रयत्न गर्ने छु
Monday, March 17, 2008

सक्दिन म सबै कुरा मा सक्षम र निपूर्ण छु भनेर र सक्दिन म सदा दिन मुस्कुराई रहन्छु भनेर । मान्छे हु कुनै न कुनै कुरामा अपूर्ण नै हुन्छ र असक्षम पनि । सबै कुरा मा निपुण भएको मान्छे यो संसार मा को नै छ र कहाँ नै भेटिन्छ र ? त्यही माथि म जस्तो अनभिग्य ब्यक्ती र अन्योलता मा भौतारिदै हिंडेको ब्यक्ती । नगरेको होइन कल्पना र नदेखेको होइन सपनाहरु । तर यि सबै मेरा कल्पनाहरु सिमल को भुवा सरी खुल्ला गगन मा उडिरहेको छ । सपनाहरु सपना मा नै सिमित भई रहेको छ । अगाडि लम्किनु पर्ने यि मेरा पाईलाहरु मा ठेस लागेको छ । आज असक्षम र पूर्ण रुपमा रित्तिएको खाली बोतल सरी जीवन बिताई रहनु परेको छ । दु:खै दु:ख मा झेलिएको छ मेरा यि पाईलाहरु र पिडाले सजिएको छ मेरा यि धड्कनहरु, अदृश्य बेदनाहरु ले भरिएको छ मेरो मुटु र रोदन ले सजिएको छ मेरो क्षण र पलहरु । मेरा यि सबै कुराहरु शायद एउटा सिनेमा को कथा जस्तो लाग्छ होला, कुनै उपन्यास को शब्दहरु जस्तो लाग्छ होला । कहिले हासो त कहिले रोदन्, कहिले सुख त कहिले दु:ख यो त जीवन चक्र को नियम हो । त्यसैले सक्दिन म भन्न सदा मिठो मुस्कान र खुशी दिन । बरु चाहान्छौ भने दिने कोसिश गर्ने छु मुस्कान, हृदय भरी ब्यथा बोकेर , दिने प्रयत्न गर्ने छु खुशी, मुटु भरि ब्यथा बोकेर , तिम्रो जीवन मा सुनौलो बिहानिको लागि हरपल संघर्ष गर्ने छु । आकाश को जुन तारा त झार्न सक्दिनहोला । तर यो धर्तिको मलिलो माटो मा हरा भरा फुलहरु उमारेर सुगन्ध दिने प्रयत्न गर्ने छु । यो देखावटी संसार को कृतिम माया दिन नसके पनि तिमीलाई यो प्रकृतिक माया जालको संसारमा मिठो र न्यानो माया मा बाधेर संसाररिक आनन्द मा घुमाउने छु । जसरि नङ र मासु को सम्बन्ध गासिएको हुन्छ त्यसरि नै हाम्रो साथीत्तोको एउटा ज्वलन्त उदाहरण बनेर चिनिन चाहन्छु । हाम्रो यो मित्रता यो जुनिलाई मात्र नभएर सातौ जुनि सम्मको लागि अमर बनाउन हर दिन हर समय लागि परी हर बाधाहरुलाई चुनौती दिने छु । आत्मालाई साक्षी राखेर मायाको मोड र घुम्तिहरुलाई सुख र दु:ख सँग संघर्ष गर्दै तिमीलाई डोराएर हिंड्नेछु । जीवनको हरेक पाईला सफलता को उपहार बोकी ल्याउने छु । म साथी हु तिम्रो बुझ्छु तिम्रो मनिलो अनुहारको कम्पनहरु, बुझ्छु तिम्रो हर मुटुको धड्कनहरु र बुझ्छु आफ्नो हितैशी साथी को हर चाहाना र इच्छाहरु ।
posted by नरेश श्रेष्ठ @ 5:02 PM   0 comments
Inside AdSense: Happy holidays from the AdSense team
Wednesday, December 26, 2007
Inside AdSense: Happy holidays from the AdSense team
posted by नरेश श्रेष्ठ @ 8:42 PM   0 comments
Watch Newari Songs
Saturday, October 27, 2007



Naresh

posted by नरेश श्रेष्ठ @ 8:22 PM   0 comments
जिन्दगी..........
Tuesday, October 9, 2007


लेख्न्न त मलाई कहा नै आउछ र। तैपनी सबै साथीहरु ले आफ्नो ब्लग बनाएको देख्दा मलाई पनी केही लेख्न्ने रहर जाग्यो। तेसैले जानी नजानी २-४ अक्षरहरु कोर्ने प्रयास गरेको छु । पहिलो चोटी या पहिलो प्रयास मा अनेक गल्तीहरु होलान । यसमा हजुरहरुले केही सुझाब दिनुहुन्छ भन्ने पुर्ण आशा छ।
जिन्दगी..........
यो जिन्दगी पनी अचम्मको छ। यो जिन्दगीको समय अती छोटो छ र निरन्तर छोटीदै पनी छ तर याहा गर्नु पर्ने धेरै छ। कहिले मिलन त कहिले बिछोड मा , कहिले हासो र कहिले पिडामा जिउनु पर्न। अझ कहिले त अति दर्दानाक पिडाहरु सहेर पनि बाच्न परिरहेको छ यो जिन्दगीमा।
त्यसैले मेरा सथीहरु भन्छन्...............
आशु हासोको सङगम हो जिन्दगी, पाउनु गुमानु पनि हो जिन्दगी, फुले पछी झर्नै पर्ने हो जिन्दगी, काडै काडा मा भएपनि जिउनु पर्न जिन्दगी। मिलन पछि दर्दानक बिछोड पनि जिन्दगी, जन्म पछिको मरन पनि हो जिन्दगी र आज आफ्नै भोली पराय पनि हो जिन्दगी।
यि कुरा हरु सुन्दा र पढ्दा म त झन निकै अन्योलमा पर्छु । आखिर यि कुरहरु कटुसत्त्य नै हुन। झन् मेरो यो जिन्दगीको त न कुनै परिवेश नै छ न कुनै मह्त्त्व र न कुनै लक्ष्य नै। एउटा अर्थविहीन जिन्दगी जि रहेको छु। त्यसैले म यो अर्थाविहीन जिन्दगीमा किन बाची रहेको छु र अब लाग्छ मेरो यो अर्थ बिहिन जिन्दगी को अन्तीम यात्रा पनि नजिकै आइसकेको छ।खै अब यो मेरो अर्थविहीन जिन्दगीको यात्रा कहा गएर कस्तो परिस्थिती मा गएर पुणविरामलाग्ने हो थाहा छैन.....थाहा छैन
posted by नरेश श्रेष्ठ @ 3:40 PM   8 comments
मेरो बारेमा
Name: नरेश श्रेष्ठ
Home: Nepal
About Me: खै आफ्नो बारे मा के भनु आँफैलाई थाहाछैन
मेरो बारेमा केही जान्न चाहानु हुन्छ
मेरो केही लेखहरु
नेपाली पत्रीकाहरु
Some Google Adds
Click down to Chat
click here for chat with nepali
Archives
केही अन्य साईटहरु
Powered by



BLOGGER

© K HI SOCH ANI K HI BICHAR This Sites is Copyright : Naresh shrestha