Khairenitar
New upload video
गजब छ बा
Gajab cha baa
एकछिन हासौ न त
एउटा कक्षमा अङ्रेजी बिषय पढाई रहेको थियो । त्यतिकैमा गुरुले रामलाई सोधेछ - ल राम भन त - म जङ्गल गएको थिए । जङ्गल मा बाघ रहेछ । बाघ ले मलाई हेर्‍यो र म त्यहाँ बाट टाप भागे । ल यसलाई अङ्ग्रेजी मा भन त । राम - I am going to the jangal.Jangal is the tiger . Tiger is पल्याक पुलुक I am super taap. हा हा हा हा हा - ईश्वर

केही नेपाली Mp3 गीतहरु
मेरो अन्य ब्लगको लागी तल क्लिक गर्नु होला
Photo Sharing and Video Hosting at Photobucket
केही नेपाली साईटहरु
Pokharacity.com
E-Kantipur
prabashi
nepali tube
Photo Sharing and Video Hosting at Photobucket
कस्तो छ... ? ?
गरीब को आसु ले
Saturday, July 5, 2008

जिन्दगिको यो मोड्मा आउँदा सम्म न त मैले माया गर्न जानेको थिए, न त जिउन जानेको थिए, न त कसैलाई साहारा दिन जानेको थिए र माया प्रेम भन्ने कस्तो बस्तु हो र यसको परिभाषा के हो भनेर बुझेको थिएन । तर आज आएर माया प्रेम भन्ने के हो भनेर जाने, जिउन जाने , कसैलाई साहारा दिन पनि जाने र यसको परिभाषा पनि बुझे । तर धोका भन्ने के हो भनेर बुझेको थिएन र जानेको पनि थिएन । यो शब्द निकै सुनेको थिए र कस्तो होला भनेर निकै सोचाई मा डुबिरहन्थे । तर आज आएर यो शब्द को अर्थ पनि थाहा भयो र भोगी रहेको छु । यो माया प्रेम भन्ने पनि कस्तो हुदो रहेछ । अन्जान मा नै हुदो रहेछ । सच्चा प्रेम नै जीवन को गोरेटो हुदो रहेछ । हिंड्नु पर्ने गोरेटोहरु बुझेर हिंड्नु पर्दो रहेछ । नजानी र नबुझी हिंडेमा यसको परिणम के हुन्छ भनेर आज भोग्दै छु । यो संसार यो समय पनि कति स्वर्थी रहेछ । दुई आत्मालाई थाहा नै नदिइ परिचित गराई दिने, एक अर्का प्रती माया का भावहरु बढाई दिने, जीवन को हर मोड्मा साथ दिने कसम खान लगाउने र अन्त मा गएर दोबाटोमा लगेर छोडिदिने । समय ले नै भनु आज यो - समय शिकारी बनेर मेरो मुटुलाई घाइते बनाई रगताम्य बनाएको छ । आकाश र पातलको धेरै अन्तर हुदो रहेछ । चाहेर पनि मिलन को कुरा असम्भव रहेछ । खोला को दुई किनारको मिलन पनि कहिले हुन नसक्दो रहेछ । यि सब आज आएर थाहा पाएको छु । मिलन हुनु र बिछोडिनु रहेछ जिन्दगी , पाउनु र हराउनु नै रहेछ जिन्दगी, अनि छुटेर गए पछी सम्झना मा तड्पी तड्पी मन को बेदना कम गर्नु नै रहेछ जिन्दगी, सम्झना को गहिराई मा डुबेर संसार नै भुल्नु रहेछ जिन्दगी । यस्तै कथा- ब्यथा भित्र आसु र हासो, रोदन र बेदना भित्र रुमल्लिएर बाच्नु नै रहेछ जिन्दगी । चाहनु नै मेरो ठुलो भुल रहेछ । परिचय हुनु त मेरो दुर्भाग्य रहेछ अनि पाउनु ठुलो अफसोच । के कसैलाई चाहनु, मन पराउनु र माया गर्नु भुल हो र ? फुलबारी मा फुलेको फुलको बास्ना खोज्दै जानु के कुनै अपराध हो र ? भएर नै होला आज मेरो यो दुर्गती भएको छ । मेरो हर ईच्छा, चाहना र सपनाहरु बादल र च्याटयङ कराए झै चकनाचुर भएको छ । भाताभुङ्ग भएको छ मेरो जीवन । मेरो सच्चा माया प्रेम कुनै एउटा खेल भएको छ । कसै को आत्मलाई चोट दिएर आफु आत्मा खुशी भएर बाच्नु राम्रो होइन । त्यसको अस्तीत्तव आँफै हरएर जानेछ । एक दिन राम्रो होला , दुई दिन राम्रो होला तर पछी...........। सम्झिनु पर्नेछ एउटा गरीब को पनि आत्मा हुन्छ भनेर र सोची दिनु पर्नेछ त्यो एउटा गरीब को हृदय पनि दुख्छ भनेर । गरीबलाई मोजमस्ती मा सदुपयोग गर्न नखोज कसैले भबिश्य मा ठुलो धोका हुन सक्ने छ । गरीब को आत्मा ले सराप्ने छ एक दिन, उसको माया ले पिरोल्ने छ एक दिन । गरीब को आसु ले पोल्ने छ एक दिन ..............गरीब को आसु ले पोल्ने छ एक दिन ।
posted by नरेश श्रेष्ठ @ 12:49 PM  
0 Comments:
Post a Comment
<< Home
 
मेरो बारेमा
Name: नरेश श्रेष्ठ
Home: Nepal
About Me: खै आफ्नो बारे मा के भनु आँफैलाई थाहाछैन
मेरो बारेमा केही जान्न चाहानु हुन्छ
मेरो केही लेखहरु
नेपाली पत्रीकाहरु
Some Google Adds
Click down to Chat
click here for chat with nepali
Archives
केही अन्य साईटहरु
Powered by



BLOGGER

© K HI SOCH ANI K HI BICHAR This Sites is Copyright : Naresh shrestha