|
| प्रयत्न गर्ने छु |
| Monday, March 17, 2008 |
 सक्दिन म सबै कुरा मा सक्षम र निपूर्ण छु भनेर र सक्दिन म सदा दिन मुस्कुराई रहन्छु भनेर । मान्छे हु कुनै न कुनै कुरामा अपूर्ण नै हुन्छ र असक्षम पनि । सबै कुरा मा निपुण भएको मान्छे यो संसार मा को नै छ र कहाँ नै भेटिन्छ र ? त्यही माथि म जस्तो अनभिग्य ब्यक्ती र अन्योलता मा भौतारिदै हिंडेको ब्यक्ती । नगरेको होइन कल्पना र नदेखेको होइन सपनाहरु । तर यि सबै मेरा कल्पनाहरु सिमल को भुवा सरी खुल्ला गगन मा उडिरहेको छ । सपनाहरु सपना मा नै सिमित भई रहेको छ । अगाडि लम्किनु पर्ने यि मेरा पाईलाहरु मा ठेस लागेको छ । आज असक्षम र पूर्ण रुपमा रित्तिएको खाली बोतल सरी जीवन बिताई रहनु परेको छ । दु:खै दु:ख मा झेलिएको छ मेरा यि पाईलाहरु र पिडाले सजिएको छ मेरा यि धड्कनहरु, अदृश्य बेदनाहरु ले भरिएको छ मेरो मुटु र रोदन ले सजिएको छ मेरो क्षण र पलहरु । मेरा यि सबै कुराहरु शायद एउटा सिनेमा को कथा जस्तो लाग्छ होला, कुनै उपन्यास को शब्दहरु जस्तो लाग्छ होला । कहिले हासो त कहिले रोदन्, कहिले सुख त कहिले दु:ख यो त जीवन चक्र को नियम हो । त्यसैले सक्दिन म भन्न सदा मिठो मुस्कान र खुशी दिन । बरु चाहान्छौ भने दिने कोसिश गर्ने छु मुस्कान, हृदय भरी ब्यथा बोकेर , दिने प्रयत्न गर्ने छु खुशी, मुटु भरि ब्यथा बोकेर , तिम्रो जीवन मा सुनौलो बिहानिको लागि हरपल संघर्ष गर्ने छु । आकाश को जुन तारा त झार्न सक्दिनहोला । तर यो धर्तिको मलिलो माटो मा हरा भरा फुलहरु उमारेर सुगन्ध दिने प्रयत्न गर्ने छु । यो देखावटी संसार को कृतिम माया दिन नसके पनि तिमीलाई यो प्रकृतिक माया जालको संसारमा मिठो र न्यानो माया मा बाधेर संसाररिक आनन्द मा घुमाउने छु । जसरि नङ र मासु को सम्बन्ध गासिएको हुन्छ त्यसरि नै हाम्रो साथीत्तोको एउटा ज्वलन्त उदाहरण बनेर चिनिन चाहन्छु । हाम्रो यो मित्रता यो जुनिलाई मात्र नभएर सातौ जुनि सम्मको लागि अमर बनाउन हर दिन हर समय लागि परी हर बाधाहरुलाई चुनौती दिने छु । आत्मालाई साक्षी राखेर मायाको मोड र घुम्तिहरुलाई सुख र दु:ख सँग संघर्ष गर्दै तिमीलाई डोराएर हिंड्नेछु । जीवनको हरेक पाईला सफलता को उपहार बोकी ल्याउने छु । म साथी हु तिम्रो बुझ्छु तिम्रो मनिलो अनुहारको कम्पनहरु, बुझ्छु तिम्रो हर मुटुको धड्कनहरु र बुझ्छु आफ्नो हितैशी साथी को हर चाहाना र इच्छाहरु । |
| posted by नरेश श्रेष्ठ @ 5:02 PM |
|
|
|
|
|