|
| हासो पनि र दु:ख पनि |
| Saturday, August 16, 2008 |
| आज यतिका बर्ष सम्म पनि त्यो दिन भुल्न सकेको छैन । बेला बेला मा त्यो दिन सम्झन्छु र हास्न मन लाग्छ र दुख पनि लाग्छ । एक दिनको कुरा हो आफ्नो गाउमा उच्च शिक्षा को सुबिधा नभएको कारणले नजिकैको शहर पोखरा जाने गर्दथे । नजिकै भएको कारणले जाने आउने गर्दथे । यस्तै बसमा जाने आउने क्रममा एउटा सुन्दर युवती मेरो नजरमा पर्यो । उनि निकै सुन्दर थिइन । उनको सुमधुर बोली, हिस्सी परेको अनुहार, लजालु अधर्, झर्ना झै केशराशी अनि मिजासिलो स्वभाब । म त्यसै उनि प्रती आकर्षित भए । त्यसपछी का दिनहरुमा केबल उनैको याद आईरहन्थ्यो । आँखा वरिपरी उनकै तश्बिर छाया बनी घुमी रहन्थ्यो । भोक प्यास भुलेर उनकै यादमा डुब्न पुग्थे । मैले उसलाई धेरै माया गर्न पुगेछु र अन्तर आत्मा मा सजाइ सकेछु । उसलाई नभेटेको दिन निकै नरमाइलो लाग्थ्यो । तर यो सब मेरो एकोहोरो प्रेम थियो । उनको सामु केही बोल्न सक्दिन थे त्यसैले प्रेम को प्रस्ताव त निकै टाढा को कुरा थियो । एक दिन निकै साहस् गरी उसलाई मैले प्रेम को प्रस्ताव राखे । उनले पनि मलाई उनको मन मन्दिर मा सजाई सकेकी रहिछिन । मेरो यही प्रस्ताव को प्रतिक्षा मा बसी रहेकी रहिछिन । उनलाई पनि मलाई नदेख्दा र मेरो अनुपस्थिती मा निकै छटपटाउदी रहिछिन । त्यसैले उनले मेरो प्रेम सहजै स्विकार गरिन । यसरी नै हाम्रो माया को थुङाहरु प्रगाढ बन्दै गयो । अब म उनि बिना र उनि म बिना बाच्न नसक्ने भई सकेका थियौ । तर अफसोच उनलाई मन पराउने अर्को एकजना केटा पनि रहेछ । हामी अलि चन्चले स्वभाव भएको ले हिड्दा पनि र बस् मा पनि निकै जिस्किदै हिड्थ्यौ । कहिले फेवताल्, कहिले बेग्नास्ताल र कहिले सारङ्कोट घुम्न जान्थ्यौ । यस्तै घुम्ने क्रममा हामीलाई त्यो केटाले देखेछ । शायद हाम्रो दृश्य उसलाई अशहय भएछ क्यारे । त्यसैले त्यही बेलुका मलाई त्यो केटाले फोन गर्यो । फोन को घन्टी बज्न साथ मैले फोन उठाउँदै हेल्लो को बोल्नु भएको भनेर भने । तर उता बाट केही उत्तर आएन । पुन्ह त्यही प्रश्न गर्दै कसलाई खोज्नु भएको के काम छ मात्र के भनेको थिए उता बाट धम्की को बार्ण आयो । त त्यो केटी सँग किन हिडछस ? तैले उसलाई छोड्दे । उनि मेरी हो । अब आइन्दा फेरी पनि मैले उनि सँग हिंडेको देखे भने तेरो हात खुट्टा भाचिदिन्छु यस्तै अनेक धम्की हरु दिएको थियो । त्यती भनि सकेपछी उसले फोन राखी दियो । मलाईइ कता कता डर लाग्यो । कता बाटो मा हिड्दै पछाडिबाट आएर केही पो गर्ने होकी । यस्तै सोच्दै निकै डरै रहेको थिए । फेरी को हो कस्तो छ भनेर चिनेको पनि थिइन । तर मलाई पन केही आट थियो र यदि केही परिहाले पनि म पनि छोड्दिन भन्ने।त्यसको केही दिन पछी हामी फेवाताल घुम्न गएका थियौ । त्यहाँको मनोरम दृश्य मा हामी हराई रहेका थियौ । सन्जोग पनि कस्तो त्यो केटा पनि त्यही घुम्न आएको रहेछ । तर त्यो केटालाई मैले चिन्दिनथे । तर उसले मलाई चिन्थ्यो । अचानक पछाडि बाट आएर कसैले मेरो हात च्यप्प समात्यो । यसो पछाडि फर्केर हेरेको एउटा भुस् तिघ्रे केटा रहेछ । अस्ती मैले भनेको कुरा किन मानिनस ? तेरो दात झारिदिन्छु अब भन्दै म माथि हात उठाएको थियो । मैले पनि जोडले उसको हात बाट मैले मेरो हात फुस्काए । जिउधन को सुरक्षा त गर्नै पर्यो । त्यसैले म पनि के कम कसेर त्यो केटाको नाकमा प्याच्य के हानेको थिए एक्कासी ठुलो आवजमा ऐया …मरे । म झसँग भए । त्यो आवाज त्यो केटा नभएर म सँग सुत्ने साथी को थियो । बिउझेर हेरे अचम्म लाग्यो । यो सब सपना पो रहेछ । हतार हतार बत्ती बाले बिचरा को नाकबाट खलखली रगत बगी रहेको थियो । बिहान को पाच बजी सकेको रहेछ । उसलाई तुरुन्तै नजिकैको मेडिकल मा लगेर उपचार गराए । यो घटना सम्झिदा हास्न मन पनि लाग्छ र साथी को त्यो हालत सम्झिदा दुख पनि लाग्छ । |
| posted by नरेश श्रेष्ठ @ 11:23 AM |
|
| 1 Comments: |
-
wow its a great writing. Its so real and i hope that was painful situation as well. We Nepalesehave some kind of instinct thta is unmatchable to any other culture or pople in the world. nice job. Please help us adding a link in your blog about our Nepali video sharing site as well. the link is www.clonevideos.com adn you can upload your videos as well for free. i am looking fporward to hearing from you. Kiran
|
| |
| << Home |
| |
|
|
|
|
wow its a great writing. Its so real and i hope that was painful situation as well. We Nepalesehave some kind of instinct thta is unmatchable to any other culture or pople in the world. nice job. Please help us adding a link in your blog about our Nepali video sharing site as well. the link is www.clonevideos.com adn you can upload your videos as well for free.
i am looking fporward to hearing from you.
Kiran