|
| जिन्दगी.......... |
| Tuesday, October 9, 2007 |

लेख्न्न त मलाई कहा नै आउछ र। तैपनी सबै साथीहरु ले आफ्नो ब्लग बनाएको देख्दा मलाई पनी केही लेख्न्ने रहर जाग्यो। तेसैले जानी नजानी २-४ अक्षरहरु कोर्ने प्रयास गरेको छु । पहिलो चोटी या पहिलो प्रयास मा अनेक गल्तीहरु होलान । यसमा हजुरहरुले केही सुझाब दिनुहुन्छ भन्ने पुर्ण आशा छ। जिन्दगी.......... यो जिन्दगी पनी अचम्मको छ। यो जिन्दगीको समय अती छोटो छ र निरन्तर छोटीदै पनी छ तर याहा गर्नु पर्ने धेरै छ। कहिले मिलन त कहिले बिछोड मा , कहिले हासो र कहिले पिडामा जिउनु पर्न। अझ कहिले त अति दर्दानाक पिडाहरु सहेर पनि बाच्न परिरहेको छ यो जिन्दगीमा। त्यसैले मेरा सथीहरु भन्छन्............... आशु हासोको सङगम हो जिन्दगी, पाउनु गुमानु पनि हो जिन्दगी, फुले पछी झर्नै पर्ने हो जिन्दगी, काडै काडा मा भएपनि जिउनु पर्न जिन्दगी। मिलन पछि दर्दानक बिछोड पनि जिन्दगी, जन्म पछिको मरन पनि हो जिन्दगी र आज आफ्नै भोली पराय पनि हो जिन्दगी। यि कुरा हरु सुन्दा र पढ्दा म त झन निकै अन्योलमा पर्छु । आखिर यि कुरहरु कटुसत्त्य नै हुन। झन् मेरो यो जिन्दगीको त न कुनै परिवेश नै छ न कुनै मह्त्त्व र न कुनै लक्ष्य नै। एउटा अर्थविहीन जिन्दगी जि रहेको छु। त्यसैले म यो अर्थाविहीन जिन्दगीमा किन बाची रहेको छु र अब लाग्छ मेरो यो अर्थ बिहिन जिन्दगी को अन्तीम यात्रा पनि नजिकै आइसकेको छ।खै अब यो मेरो अर्थविहीन जिन्दगीको यात्रा कहा गएर कस्तो परिस्थिती मा गएर पुणविरामलाग्ने हो थाहा छैन.....थाहा छैन |
| posted by नरेश श्रेष्ठ @ 3:40 PM |
|
|
|
|
|