Khairenitar
New upload video
गजब छ बा
Gajab cha baa
एकछिन हासौ न त
एउटा कक्षमा अङ्रेजी बिषय पढाई रहेको थियो । त्यतिकैमा गुरुले रामलाई सोधेछ - ल राम भन त - म जङ्गल गएको थिए । जङ्गल मा बाघ रहेछ । बाघ ले मलाई हेर्‍यो र म त्यहाँ बाट टाप भागे । ल यसलाई अङ्ग्रेजी मा भन त । राम - I am going to the jangal.Jangal is the tiger . Tiger is पल्याक पुलुक I am super taap. हा हा हा हा हा - ईश्वर

केही नेपाली Mp3 गीतहरु
मेरो अन्य ब्लगको लागी तल क्लिक गर्नु होला
Photo Sharing and Video Hosting at Photobucket
केही नेपाली साईटहरु
Pokharacity.com
E-Kantipur
prabashi
nepali tube
Photo Sharing and Video Hosting at Photobucket
कस्तो छ... ? ?
प्रयत्न गर्ने छु
Monday, March 17, 2008

सक्दिन म सबै कुरा मा सक्षम र निपूर्ण छु भनेर र सक्दिन म सदा दिन मुस्कुराई रहन्छु भनेर । मान्छे हु कुनै न कुनै कुरामा अपूर्ण नै हुन्छ र असक्षम पनि । सबै कुरा मा निपुण भएको मान्छे यो संसार मा को नै छ र कहाँ नै भेटिन्छ र ? त्यही माथि म जस्तो अनभिग्य ब्यक्ती र अन्योलता मा भौतारिदै हिंडेको ब्यक्ती । नगरेको होइन कल्पना र नदेखेको होइन सपनाहरु । तर यि सबै मेरा कल्पनाहरु सिमल को भुवा सरी खुल्ला गगन मा उडिरहेको छ । सपनाहरु सपना मा नै सिमित भई रहेको छ । अगाडि लम्किनु पर्ने यि मेरा पाईलाहरु मा ठेस लागेको छ । आज असक्षम र पूर्ण रुपमा रित्तिएको खाली बोतल सरी जीवन बिताई रहनु परेको छ । दु:खै दु:ख मा झेलिएको छ मेरा यि पाईलाहरु र पिडाले सजिएको छ मेरा यि धड्कनहरु, अदृश्य बेदनाहरु ले भरिएको छ मेरो मुटु र रोदन ले सजिएको छ मेरो क्षण र पलहरु । मेरा यि सबै कुराहरु शायद एउटा सिनेमा को कथा जस्तो लाग्छ होला, कुनै उपन्यास को शब्दहरु जस्तो लाग्छ होला । कहिले हासो त कहिले रोदन्, कहिले सुख त कहिले दु:ख यो त जीवन चक्र को नियम हो । त्यसैले सक्दिन म भन्न सदा मिठो मुस्कान र खुशी दिन । बरु चाहान्छौ भने दिने कोसिश गर्ने छु मुस्कान, हृदय भरी ब्यथा बोकेर , दिने प्रयत्न गर्ने छु खुशी, मुटु भरि ब्यथा बोकेर , तिम्रो जीवन मा सुनौलो बिहानिको लागि हरपल संघर्ष गर्ने छु । आकाश को जुन तारा त झार्न सक्दिनहोला । तर यो धर्तिको मलिलो माटो मा हरा भरा फुलहरु उमारेर सुगन्ध दिने प्रयत्न गर्ने छु । यो देखावटी संसार को कृतिम माया दिन नसके पनि तिमीलाई यो प्रकृतिक माया जालको संसारमा मिठो र न्यानो माया मा बाधेर संसाररिक आनन्द मा घुमाउने छु । जसरि नङ र मासु को सम्बन्ध गासिएको हुन्छ त्यसरि नै हाम्रो साथीत्तोको एउटा ज्वलन्त उदाहरण बनेर चिनिन चाहन्छु । हाम्रो यो मित्रता यो जुनिलाई मात्र नभएर सातौ जुनि सम्मको लागि अमर बनाउन हर दिन हर समय लागि परी हर बाधाहरुलाई चुनौती दिने छु । आत्मालाई साक्षी राखेर मायाको मोड र घुम्तिहरुलाई सुख र दु:ख सँग संघर्ष गर्दै तिमीलाई डोराएर हिंड्नेछु । जीवनको हरेक पाईला सफलता को उपहार बोकी ल्याउने छु । म साथी हु तिम्रो बुझ्छु तिम्रो मनिलो अनुहारको कम्पनहरु, बुझ्छु तिम्रो हर मुटुको धड्कनहरु र बुझ्छु आफ्नो हितैशी साथी को हर चाहाना र इच्छाहरु ।
posted by नरेश श्रेष्ठ @ 5:02 PM   0 comments
मेरो बारेमा
Name: नरेश श्रेष्ठ
Home: Nepal
About Me: खै आफ्नो बारे मा के भनु आँफैलाई थाहाछैन
मेरो बारेमा केही जान्न चाहानु हुन्छ
मेरो केही लेखहरु
नेपाली पत्रीकाहरु
Some Google Adds
Click down to Chat
click here for chat with nepali
Archives
केही अन्य साईटहरु
Powered by



BLOGGER

© K HI SOCH ANI K HI BICHAR This Sites is Copyright : Naresh shrestha