|
| हासो पनि र दु:ख पनि |
| Saturday, August 16, 2008 |
| आज यतिका बर्ष सम्म पनि त्यो दिन भुल्न सकेको छैन । बेला बेला मा त्यो दिन सम्झन्छु र हास्न मन लाग्छ र दुख पनि लाग्छ । एक दिनको कुरा हो आफ्नो गाउमा उच्च शिक्षा को सुबिधा नभएको कारणले नजिकैको शहर पोखरा जाने गर्दथे । नजिकै भएको कारणले जाने आउने गर्दथे । यस्तै बसमा जाने आउने क्रममा एउटा सुन्दर युवती मेरो नजरमा पर्यो । उनि निकै सुन्दर थिइन । उनको सुमधुर बोली, हिस्सी परेको अनुहार, लजालु अधर्, झर्ना झै केशराशी अनि मिजासिलो स्वभाब । म त्यसै उनि प्रती आकर्षित भए । त्यसपछी का दिनहरुमा केबल उनैको याद आईरहन्थ्यो । आँखा वरिपरी उनकै तश्बिर छाया बनी घुमी रहन्थ्यो । भोक प्यास भुलेर उनकै यादमा डुब्न पुग्थे । मैले उसलाई धेरै माया गर्न पुगेछु र अन्तर आत्मा मा सजाइ सकेछु । उसलाई नभेटेको दिन निकै नरमाइलो लाग्थ्यो । तर यो सब मेरो एकोहोरो प्रेम थियो । उनको सामु केही बोल्न सक्दिन थे त्यसैले प्रेम को प्रस्ताव त निकै टाढा को कुरा थियो । एक दिन निकै साहस् गरी उसलाई मैले प्रेम को प्रस्ताव राखे । उनले पनि मलाई उनको मन मन्दिर मा सजाई सकेकी रहिछिन । मेरो यही प्रस्ताव को प्रतिक्षा मा बसी रहेकी रहिछिन । उनलाई पनि मलाई नदेख्दा र मेरो अनुपस्थिती मा निकै छटपटाउदी रहिछिन । त्यसैले उनले मेरो प्रेम सहजै स्विकार गरिन । यसरी नै हाम्रो माया को थुङाहरु प्रगाढ बन्दै गयो । अब म उनि बिना र उनि म बिना बाच्न नसक्ने भई सकेका थियौ । तर अफसोच उनलाई मन पराउने अर्को एकजना केटा पनि रहेछ । हामी अलि चन्चले स्वभाव भएको ले हिड्दा पनि र बस् मा पनि निकै जिस्किदै हिड्थ्यौ । कहिले फेवताल्, कहिले बेग्नास्ताल र कहिले सारङ्कोट घुम्न जान्थ्यौ । यस्तै घुम्ने क्रममा हामीलाई त्यो केटाले देखेछ । शायद हाम्रो दृश्य उसलाई अशहय भएछ क्यारे । त्यसैले त्यही बेलुका मलाई त्यो केटाले फोन गर्यो । फोन को घन्टी बज्न साथ मैले फोन उठाउँदै हेल्लो को बोल्नु भएको भनेर भने । तर उता बाट केही उत्तर आएन । पुन्ह त्यही प्रश्न गर्दै कसलाई खोज्नु भएको के काम छ मात्र के भनेको थिए उता बाट धम्की को बार्ण आयो । त त्यो केटी सँग किन हिडछस ? तैले उसलाई छोड्दे । उनि मेरी हो । अब आइन्दा फेरी पनि मैले उनि सँग हिंडेको देखे भने तेरो हात खुट्टा भाचिदिन्छु यस्तै अनेक धम्की हरु दिएको थियो । त्यती भनि सकेपछी उसले फोन राखी दियो । मलाईइ कता कता डर लाग्यो । कता बाटो मा हिड्दै पछाडिबाट आएर केही पो गर्ने होकी । यस्तै सोच्दै निकै डरै रहेको थिए । फेरी को हो कस्तो छ भनेर चिनेको पनि थिइन । तर मलाई पन केही आट थियो र यदि केही परिहाले पनि म पनि छोड्दिन भन्ने।त्यसको केही दिन पछी हामी फेवाताल घुम्न गएका थियौ । त्यहाँको मनोरम दृश्य मा हामी हराई रहेका थियौ । सन्जोग पनि कस्तो त्यो केटा पनि त्यही घुम्न आएको रहेछ । तर त्यो केटालाई मैले चिन्दिनथे । तर उसले मलाई चिन्थ्यो । अचानक पछाडि बाट आएर कसैले मेरो हात च्यप्प समात्यो । यसो पछाडि फर्केर हेरेको एउटा भुस् तिघ्रे केटा रहेछ । अस्ती मैले भनेको कुरा किन मानिनस ? तेरो दात झारिदिन्छु अब भन्दै म माथि हात उठाएको थियो । मैले पनि जोडले उसको हात बाट मैले मेरो हात फुस्काए । जिउधन को सुरक्षा त गर्नै पर्यो । त्यसैले म पनि के कम कसेर त्यो केटाको नाकमा प्याच्य के हानेको थिए एक्कासी ठुलो आवजमा ऐया …मरे । म झसँग भए । त्यो आवाज त्यो केटा नभएर म सँग सुत्ने साथी को थियो । बिउझेर हेरे अचम्म लाग्यो । यो सब सपना पो रहेछ । हतार हतार बत्ती बाले बिचरा को नाकबाट खलखली रगत बगी रहेको थियो । बिहान को पाच बजी सकेको रहेछ । उसलाई तुरुन्तै नजिकैको मेडिकल मा लगेर उपचार गराए । यो घटना सम्झिदा हास्न मन पनि लाग्छ र साथी को त्यो हालत सम्झिदा दुख पनि लाग्छ । |
| posted by नरेश श्रेष्ठ @ 11:23 AM |
|
|
|
|
|